images
images
images

चापाघाटको मादी नदीमा नदीजन्य पदार्थ उत्खनन र ओसारपोसारमा संलग्न १४ ट्याक्टर प्रहरीको नियन्त्रणमा

images

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ चापाघाटस्थित मादी नदीमा उत्खनन् एवं ओसारपोसारमा संलग्न ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा १४ ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार ग १ त ६५६९,ग १ त ५९५८, ग १ त ४६२१, लु ३ त २१९०, ग १ त ४०१८, ग १ त ४४८८, ग १ त ५१६८, ग १ त ३९२७, ना ५ त ३९१४, ग १ त ५७३३, ग १ त ४८९०, ग १ त ५३९५, ग १ त ३१९४ र ग १ त २६३० नं. को ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका ट्याक्टर व्यास नगरपालिकाको कार्यालय तनहुँमा पठाइएकामा नगरपालिकाले बालुवा बोकेका तीन ट्याक्टरलाई आठ हजारका दरले र अन्य ११ ट्याक्टरलाई चार हजारका दरले जरीवाना गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS