images
images
images

नेकपा (एकीकृत समाजवादि) व्यास ३ को अध्यक्षमा पवन चुमि, सचिवमा जेर्मी मुल्मी

images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादि)को व्यास ३ को कमिटी गठन गरिएको छ । बुधबार एक कार्यक्रम बीच व्यास-३ को अध्यक्षमा पवन चुमि चयन भएका छन् । यस्तै कमिटिको सचिवमा जेर्मी मुल्मी चयन भएका छन् ।

अध्यक्ष चुमीको नेतृत्वमा २७ सदस्यीय पार्टी कमिटी गठन गरिएको छ । ‘यात्रा समाजवादको लक्ष्य समृद्धिको’ भन्ने नाराका साथ संगठन विस्तारमा लागेको नेकपा (एकीकृत समाजवादि) तनहुँका सचिव श्रीराम कार्कीले जानकारी दिए ।

यस्तै ऋषि थापा अध्यक्ष रहेको युवासंघ कमिटी गठन र सफतग्रहण सम्पन्न भएको जिल्ला सचिव कार्कीले जानकारी दिए । आगामी असोज २३ गते जिल्लाको दमौली स्थति मनकामना हलमा पार्टीको जिल्ला भेला तथा शुभकामना आदानप्रदान हुँदैछ ।

images