images
images
images

भोलिदेखि अदालतमा दशैं विदा, बन्दी प्रत्यक्षीकरण रिटको भने सुनवाइ हुने

images

काठमाडौं । बिहीबारदेखि देशभरका अदालतमा दशैं विदा शुरु हुँदैछ । असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

अन्य सरकारी कार्यालयमा घटस्थापनासमेत ६ दिन सार्वजनिक विदा हुने गर्छ । तर अदालतमा भने १५ दिन विदा हुने गर्छ । तर दशैं विदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुनेछ ।

घटस्थापना, शनिबार र विजया दशमीको दिनबाहेकका अरु दिनमा बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न विहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने उपरजिस्ट्रार ढकालले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS