damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

नेकपा (एकिकृत समाजवादी) शुक्लागण्डकी ५ को अध्यक्षमा थापा

दुलेगौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) शुक्लागण्डकी–५ को मंगलवार झरौटामा सम्पन्न भेलाले उज्ववल थापाको नेतृत्वमा ५३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बुद्धि बहादुर विक, धन बहादुर महत र मनुरानाभाट छन् । सचिवमा संजय थापा, उपसचिवमा चुमन गुरुङ रहेका छन् । सदस्यहरुमा सुनिल केसी, विकास केसी, विष्णु बराल, सोम बहादुर विक लगायत रहेका छन् ।

सोहि भेलाले उत्सव भुजेलको अध्यक्षतामा ३७ सदस्यीय युवा संघ नेपाल वडा कमिटी गरिएको छ । उपाध्यक्षमा मिल थापा, सचिवमा मिलन पुरी, सहसचिवमा मदन आले रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी केन्द्रिय सदस्य रेखा थापा बस्यालले समितिलाई बधाई दिदै आगमी निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने उदेश्यसहित जनताको मन जित्ने गरि काम गर्न नयाँ कमिटीलाई आग्रह गरिन् । उनले संसद विघटनसँगै एकल नेतृत्वतर्फ ओली लाग्नथालेपछि पार्टी छाडेर नयाँ पार्टीको अभियानमा लाग्नुपरेको प्रष्ट पारिन् ।

कार्यक्रममा नेता चित्र थापा, नगर कमिटी अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, नगर सचिव कमल ढकाल, जिल्ला कमिटी सदस्य रेशम सेन्चुरी, शुक्लागण्डकी ७ का वडा अध्यक्ष राम बहादुर क्षेत्री थापा, पार्टीका वडा नं. ५ का इन्चार्ज दिर्घ बहादुर थापा, जिल्ला सदस्य गोविन्द महत लगायतले बोलेका थिए । नेकपा एसले बुधवार वडा नं. २ मा, विहिवार वडा नं. ९ र शुक्रवार वडा नं. ८ मा वडा भेला आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala