images
images
images

काँग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजितहरु जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने

images

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरुले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा महाधिवेशन प्रतिनिधिमा पराजितहरुले उम्मेदवार हुन पाउने कुरालाई प्रस्ट पारेको हो ।

काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले सोमबार एउटा परिपत्र जारी गरि महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने उल्लेख छ ।

उनका अनुसार उक्त व्यवस्था दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा मात्र लागू हुनेछ। काँग्रेस निर्वाचन समितिका सदस्य गोल कृष्ण घिमिरेका अनुसार यो नयाँ व्यवस्था होइन ।

१२औं महाधिवेशनदेखि निर्वाचन समितिमा बसेर काम गरिरहेका उनले भने, ‘यो नयाँ व्यवस्था होइन । यो विधानमै व्यवस्था छ । तर धेरै निर्वाचन अधिकृतले यो कुरा नबुझेर महाधिवेशन प्रतिनिधिमा पराजितले जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाइँदैन भन्ने अर्थ लगाउन थाले । अनि हामीले निर्णय गरेर पठाएका हौं ।’

सोमबार गोरखाको जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजितलाई जिल्ला कार्यसमितिको उम्मेदवार बन्न निर्वाचन अधिकृत रोक लगाउनु खोजपछि उक्त निर्णय गरिएको उनको भनाइ छ । ​घिमिरेले भने, ‘१३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकाहरुले जिल्ला सभापति बाहेकमा उम्मेदवार हुन पाउनु भएको थियो ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS