तनहुँको बन्दीपुर गाउँपालिका–३, सुकौरा तथा बन्दीपुर बजार क्षेत्रमा छायाङ्कन गरिएको ‘तनहुँ बन्दीपुर मेरो माया छ भने कान्छी पाँच वर्ष कुर’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ।
पदम घर्ती र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा शब्द तथा लय सिर्जना पदम घर्तीले गरेका हुन्। म्युजिक भिडियोमा अभिषेक गुरुङ, शोभा थापा मगर र गायक पदम घर्ती मुख्य कलाकारका रूपमा देखिनेछन्।
म्युजिक भिडियो छायाङ्कनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र माया प्रदान गर्नुहुने सुकौराका सम्पूर्ण आमा समूह, बाबा समूह, स्थानीयवासी तथा सहयोगी मनहरूप्रति निर्माण टोलीले हार्दिक आभार व्यक्त गरेको छ।
तनहुँको प्राकृतिक सुन्दरता, स्थानीय परिवेश र मायाप्रेमको भाव समेटिएको यस गीतको म्युजिक भिडियो छिम्केश्वरी अनलाइन टिभीमार्फत छिट्टै बजारमा सार्वजनिक हुँदैछ। भिडियो सार्वजनिक भएपछि हेरेर माया, साथ र हौसला प्रदान गरिदिनुहुन सम्पूर्ण दर्शक तथा श्रोताहरूमा निर्माण टोलीले आग्रह गरेको छ।















