तनहुँ । बन्दीपुर गाउँपालिका–१ को डुम्रे बजारदेखि बेलबन्ज्याङसम्मको क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ।
वडा कार्यालयले करिब ११ लाख रुपैयाँको लागतमा डुम्रे बजार क्षेत्रदेखि हाइवे हुँदै वडा नं. १ को बेलबन्ज्याङसम्म सीसी क्यामेरा जडान गरेको हो।
चोरीजन्य घटना तथा सवारी दु’र्घटनाको निगरानी र नियन्त्रणमा सहजता ल्याउने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए। उनका अनुसार सीसी क्यामेराले सवारी साधनको लापरवाही, चो रीलगायतका घटनाको निगरानी गर्न तथा प्रहरीलाई अनुसन्धानमा समेत सहयोग पुग्नेछ।
वडाध्यक्ष श्रेष्ठले चालु वर्ष पनि सीसी क्यामेरा विस्तारका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। बाक्लो बस्ती भएका तथा आवश्यक देखिएका अन्य स्थानमा समेत क्रमशः सीसी क्यामेरा थप गर्दै जाने वडा कार्यालयको लक्ष्य रहेको उनले बताए।















