images
images

कार्यालय समयमा सडक बन्द हुँदा कर्मचारीलाई सास्ती

images

दमौली ।
दमौली–डुम्रे सडकखण्डअन्तर्गत छिर्कनेमा पहिरो हटाउने तथा सडक मर्मतका क्रममा बिहान ८ देखि ९ बजेसम्म सडक बन्द गरिँदा कार्यालय जाने कर्मचारी तथा सर्वसाधारणलाई सास्ती भएको छ।

कार्यालय समयमै सडक बन्द हुँदा लजाममा फस्नुपर्ने र समयमै कार्यालय पुग्न नसक्ने अवस्था आएको कर्मचारीहरूले बताएका छन्। उनीहरूले बिहानको कार्यालय समयमा सडक बन्द नगरी अन्य समयमा निर्माण तथा पहिरो हटाउने काम गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS