images
images

लियो क्लव अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा अञ्जली ‎निर्वाचित

images

दमौली,तनहुँ।लियो क्लब अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा लियो अञ्जली बि.क. निर्वाचित भएका छन् ।

क्लबको वार्षिक साधारण सभामा भएको निर्वाचनमा उनी सर्वसम्मत चयन भएका हुन् । उनी अब आगामी लायन्स वर्ष २०२६/२७ कालागि क्लबको नेतृत्व गर्नेछन् ।

निर्वाचनपछि अञ्जली बि.क. ले भने, “क्लबलाई थप सक्रिय बनाउने र सामाजिक सेवाका कामलाई प्राथमिकता दिनेछु ।”

कार्यक्रम क्लबका निर्वतमान अध्यक्ष लियो सुरज आलेले गरेका थिए भने कार्यक्रमको लायन्स इन्टरनेसनल ३२५ याल नेपालका प्रमुख सल्लाहकार कृष्ण हरि गैरे रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै लियो निर्मल अल्फाले बिधालय स्तरमा सेवाको भावना बिकास गर्न महत्त्वपुर्ण भुमिका खेल्ने र नेतृत्व बिकासमा भुमिका खेल्ने बताए ।

कार्यक्रममा लियो क्लव अफ तनहुँका अध्यक्ष मुकेश बिडारी ,लियो क्लव अफ तनहुँका उपाध्यक्ष बिमल अधिकारी ,सहसचिव पबिना न्यौपाने ,सह कोषाध्यक्ष बिमल श्रेष्ठ को उपस्थिति रहेको थियो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS