images
images

सेयर बजार घट्दा पनि फाइनान्समा आकर्षण

images

अघिल्लो दिन ८.७८ अंक बढेको सेयर बजार शुक्रबार ८.३० अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६५३ अंकमा कायम भएको छ । आज दिनभर बजार सामान्य उतारचढावमा रह्यो ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो । धेरैजसो कम्पनीको मूल्य घटेको छ । १०३ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने १४ को स्थिर रह्यो ।

अघिल्लो दिन बैंकिङ समूह सबैभन्दा धेरै २ प्रतिशत बढेकोमा आज फाइनान्समा आकर्षण देखिएको छ । बजार परिसूचक ०.३१ प्रतिशत घट्दा पनि फाइनान्स १.०६ प्रतिशत बढ्यो । त्यस्तै जलविद्युत् ०.१६, माइक्रोफाइनान्स ०.१५, व्यापार ०.५२ प्रतिशत बढे ।

विकास बैंक जम्मा ०.२९ अंक हरियो रह्यो । बैंकिङ आज ०.९६ प्रतिशत घट्यो । होटल तथा पर्यटन ०.३८, लगानी ०.६२, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.४४, निर्जीवन बीमा ०.०२ तथा अन्य समूह ०.१३ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स र नेपाल फाइनान्स छन् ।

त्यस्तै खानीखोला हाइड्रोपावरको ११.६३, उपकार लघुवित्तको १०.७९, माइखोलाको ५.३७ प्रतिशत मूल्य बढ्यो ।

अपर लोहोरेखोला हाइड्रोपावरको १३.६५, धौलागिरि लघुवित्तको ११.२१, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.९७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् तथा ग्लोबल आईएमई बैंक छन् ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS