images
images

अफगानिस्तानले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी, फेरि तनाव चुलियो

images

७ असार, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।
तालिबान प्रशासनका अनुसार उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएका छन् ।
पाकिस्तानी सेनाले भने चारवटा सामान्य (नन–सैन्य) ड्रोन खसालेको दाबी गरेका छ । उसले आगामी कुनै पनि उक्साहटपूर्ण गतिविधिको ‘उचित जवाफ’ दिने चेतावनी पनि दिएको छ ।

दुवै पक्षका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । यी घटनाहरू पाकिस्तानले आइतबार अफगानिस्तानभित्र गरेको हवाई आक्रमणपछि भएका हुन् ।

संयुक्त राष्ट्र संघका अनुसार आइतबारको आक्रमणमा २८ जना सर्वसाधारणको मृत्यु भएको थियो । तर, अफगानिस्तानले भने पाकिस्तानको आक्रमणमा आवासीय घरहरूलाई नै निशाना बनाइएको दाबी गर्दै ३६ जना सर्वसाधारणको मृत्यु र १६० भन्दा बढी व्यक्ति घाइते भएको बताएको छ।

केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव बढेको छ । दुवै देशले गत अक्टोबरमा धेरै सातासम्म चलेको रक्तपातपूर्ण झडपपछि युद्धविराममा सहमति गरेका थिए ।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानले आफ्नो भूमिमा पाकिस्तानविरुद्ध आक्रमण गर्ने आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर, तालिबान सरकारले आरोपहरू अस्वीकार गर्दै आएको छ ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS