images
images

निर्मल माविको प्रधानाध्यापकमा बिमल सिग्देल नियुक्त

images

दमौली, असार १६ ।तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्रधानाध्यापकमा शिक्षक बिमल सिग्देल नियुक्त भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले सिग्देललाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि विद्यालय परिवारले सिग्देललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सिग्देलकाे नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसहित नयाँ गति र उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

प्रधानाध्यापकमा नियुक्त सिग्देल दमौली क्षेत्रका विभिन्न विद्यालय तथा कलेजमा विज्ञान र गणित विषय अध्यापन गराउँदै आएका अनुभवी तथा दक्ष शिक्षकका रूपमा परिचित छन् । सिग्देलले लामो समयदेखि विद्यार्थीमैत्री शिक्षण, अनुशासित कार्यशैली र उत्कृष्ट शैक्षिक नेतृत्वमार्फत राम्रो छवि निर्माण गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिले सिग्देलको अनुभव, शैक्षिक दक्षता र नेतृत्व क्षमतालाई मध्यनजर गर्दै प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरेको जनाएको छ। स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाले पनि उहाँको नेतृत्वमा विद्यालयको शैक्षिक, प्रशासनिक र अतिरिक्त क्रियाकलापमा उल्लेखनीय सुधार आउने अपेक्षा गरेका छन्।

निर्मल माध्यमिक विद्यालय तनहुँको ऐतिहासिक तथा प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिन्छ। नयाँ नेतृत्वसँगै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र समग्र संस्थागत विकासमा थप फड्को मार्ने विश्वास गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS