images
images

मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

images

काठमाडाैँ। सिंहदरबारमा बसेकाे मन्त्रिपरिद् बैठकले विभिन्न तीन वटा निर्णय गरेकाे छ ।

शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पाेखरेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकका मुख्य निर्णयहरू

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने
सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने
श्री रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।

 

रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS