१५ जेठ, काठमाडौं । गृह मन्त्रालयको बजेटमा आधा कटौती भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ बजेटअनुसार गृह मन्त्रालयको कूल बजेट १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार भने गृह मन्त्रालयको बजेट २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८२/८३ को तुलनामा गृह मन्त्रालयको बजेटमा करिब आधा कटौती भएको छ ।
यता रक्षा मन्त्रालयको बजेटमा भने केही वृद्धि भएको छ । शुक्रबार प्रस्तुत भएको बजेट अनुसार रक्षा मन्त्रालयको बजेट ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०८२/८३ मा भने रक्षा मन्त्रालयको बजेट ६२ अर्ब १ करोड २१ लाख थियो ।अनलाइनखबर















