images
images

प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई

images

काठमाडौं । नेपाली कांग्रेसका सांसद् निश्कल राईले गुरुकुल र विश्वविद्यालय ठानिएको सदन प्रधानमन्त्रीले बंक गरिरहेको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै सांसद राईले सदनको गरिमा प्रधानमन्त्रीले नबुझेको टिप्पणी गरे।

सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने । सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्ने सत्तापक्षका सांसदको भनाइ सापट लिँदै भन्छु प्रधानमन्त्रीले यो गुरुकूल विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ,’ उनले भने ।

नीति तथा कार्यक्रम मुलुक निर्माणको दस्तावेज र रोडम्याप हो भन्ने भनाइ बुधबारको बैठकमा सभामुखले राखेको स्मरण गर्दै उनले त्यस्तो गम्भीर विषयमा छलफल र जवाफका लागि प्रधानमन्त्री नआउनु र प्रश्नबाट भाग्नु लोकतन्त्रका लागि शुभसंकेत नभएको टिप्पणी गरे।

उनले सदनमा प्रधानमन्त्री उपस्थित नभए विपक्षीको विरोध जारी रहने बताए ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS