असार, काठमाडौं । बैंकिङ कसुरमा १३ वर्षदेखि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चारित्रिक विल्डर्स प्रालिका सञ्चालक सविता कार्की छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । उनले चारित्रक विल्डर्स प्रालि खोली बनावटी कागजात तयार पारी हाउजिङ तथा निर्माण कार्य भनि कृतिम व्यसाय परियोजना खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्सबाट कर्जा लिएको आरोप छ ।
उक्त कर्जा परियोजनामा लगानी नगरी दुरुपयोग गरी बैंकिङ कसुरको गरेको आरोपमा २९ वैशाख २०७१ सालमा उच्च अदालत पाटनले उनलाई ८ करोड ५० लाख जरिवाना र तीन वर्ष कैदको फैसला सुनाएको थियो ।
त्यसयत उनी फरार हुँदै आएकी थिइन् । उनलाई गोकर्णेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ ।अनलाइनखबर















