images
images

आगामी निर्वाचनमा टिकटको आश्वासन दिए कारबाही गर्ने रविको चेतावनी

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि आश्वासन नदिन निर्देशन दिएका छन् । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको अनौपचारिक बैठकमा रविले निर्देशन दिएका हुन् ।

रास्वपाले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नका लागि रास्वपाले वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसको संयोजनको जिम्मा सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिएको छ।

‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लब को अभ्यास हुँदैछ।

तसर्थ, कसैले कसैलाई आगामी निर्वाचनको टिकट बारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन छ, कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ।’, प्रवक्ता मनिष झाले जानकारी दिए ।रातोपाटी

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS