images
images

तनहुँमै पेन्सन सेवा सुरुः अब काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

images

दमौली , ०९ वैशाख ।
कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले सेवा निवृत्त कर्मचारीहरूका लागि पेन्सन पट्टा उपलब्ध गराउने सेवा सुरु गरेको छ ।
यसअघि यस्तो सेवा राष्ट्रिय किताबखाना (निजामती) मार्फत मात्रै उपलब्ध हुने भएकाले सेवाग्राहीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता थियो।
कार्यालय प्रमुख प्रमुख कोष नियन्त्रक अशोक खनालका अनुसार मंगलबारदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो। अब तनहुँमै पेन्सन पट्टा उपलब्ध हुने भएपछि सेवा निवृत्त कर्मचारीहरूलाई समय र खर्च दुवै बचत हुनेछ ।
सेवा सुरुवातसँगै भानु नगरपालिकाबाट सेवा शिक्षा शाखामा उपसचिव पदमा कार्यरत रही सेवा निवृत्त भएका धु्रवराज पौडेललाई पहिलो पटक पेन्सन पट्टा प्रदान गरिएको खनालले जानकारी दिए ।
स्थानीय स्तरमै यस्तो सेवा विस्तार भएसँगै सेवाग्राहीलाई सहजता मिल्नुका साथै प्रशासनिक कार्यसम्पादन पनि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS