तनहुँ,बैशाख ०९। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित बैशाख ४ गतेदेखि ७ गतेसम्म तनहूँको भानु नगरपालिकामा आयोजित तेस्रो मेयररउपमेयर कप २०८२/८३ फुटबल तर्फको उपाधि भानु–३ ले जितेको छ। भानु(२ स्थित गोठरी खेल मैदानमा सोमबार भएको फाइनल खेलमा वडा नं २ लाइ १–० ले गोल अन्तरले हराउदै वडा३ ले उपाधि चुमेको हो।
आइतबार भएको पहिलो सेमीफाईनलमा वडा नं २ ले ११ लाई हराएपछि वडा नं २ ले फाईनलको यात्रा तय गरेको थियो भने विजेता भानु ३ ले वडा नं ८ लाई हराउँदै फाईनलमा पुगेको थियो । च्याम्पियन बने सँगै वडा नं ३ ले ९कर सहित ० प्रथम पुरस्कार रु ९४ हजार रुपैयाँको साथमा रनिङशिल्ड, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उप–विजेता वडा नं २ ले ९कर सहित० ले ५४ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।
सर्वोत्कृष्ट खेलाडी वडा नं २ का बिशाल नेपाली, सर्वाधिक गोलकर्ता वडा नं ११ का सुजन बस्नेत र उत्कृष्ठ गोल रक्षक वडा-३ का सरोज गुरुङलाई पुरस्कार प्रदान गरिएको छ। त्यसै गरी भलिबल तर्फको उपाधि भने वडा-७ ले जित्न सफल भएको छ। सोमबार नै सम्पन्न भएको फाइनल खेलमा वडा-८ लाइ सोझो २ सेटमा हराउदै उपाधि हात पारेको हो।
भलिबल च्याम्पियन बनेसँगै वडा-७ ले ९कर सहित० प्रथम पुरस्कारस् रु २७ हजार र वडा-८ ले ९कर सहित० २०००० प्राप्त गरेको छ।
भलिबल तर्फ उत्कृष्ट खेलाडी सागर श्रेष्ठ,बेस्ट स्पाइक किस्मत श्रेष्ठ बन्न सफल भएका छन।
कार्यक्रममा भानु-१० का वडा सदस्य एवम् भानु नगर खेलकुद बिकास समितिका उपाध्यक्ष सन्तोष घलेले स्वागत मन्तव्य ब्यक्त गरेका थिए।
भानु नगरपालिकाका उप-प्रमुख उमा गोतामेले सम्बोधन गर्दै खेलाडि उत्पादन गर्न स्थानीय क्लबहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै खेलका गतिविधिहरु संचालन गर्न पालिकाले सहयोग गर्दै आईरहको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रम भानु नगर खेलकूद बिकास समितिका संयोजक एवम् वडा नं ३ का अध्यक्ष तुलकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो।















