images
images

संस्थागत विद्यालयका शुल्क र छात्रवृत्तिमा बन्दीपुर गाउँपालिकाको कडाइ

images

बन्दिपुर
तनहुँको बन्दीपुर गाउँपालिका ले संस्थागत विद्यालयहरूलाई शुल्क निर्धारण र छात्रवृत्ति वितरणलाई पारदर्शी तथा कानुनअनुसार बनाउन निर्देशन दिएको छ। गाउँपालिका र संस्थागत विद्यालयबीच आज भएको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो। बैठकको निर्णय अनुसार सबै संस्थागत विद्यालयहरूले तत्कालै आफूहरूले लिँदै आएको शुल्कलाई प्रचलित मापदण्डअनुसार अभिभावक भेलाबाट अनुमोदन गराउनुपर्नेछ। यसले विद्यालय शुल्कमा मनपरी हुन नदिई अभिभावकको सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, प्रत्येक विद्यालयले छात्रवृत्ति वितरण निर्देशिकाअनुसार सूचना प्रकाशन गरी आवेदन आह्वान गर्नुपर्नेछ। प्राप्त आवेदनका आधारमा परीक्षा सञ्चालन गरी तोकिएको क्षेत्रका विद्यार्थीलाई अनिवार्य रूपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ।

गाउँपालिकाले छात्रवृत्तिको संख्या एकिन गरी मिति २०८३ वैशाख ८ गतेभित्र पालिका मार्फत आधिकारिक सूचना प्रकाशन गर्ने जनाएको छ।

यसैगरी, प्रचलित ऐन–कानुन विपरीत कुनै पनि अतिरिक्त शुल्क नलिन विद्यालयहरूलाई स्पष्ट निर्देशन दिइएको छ। निर्णय कार्यान्वयनको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुद शाखा बन्दीपुर गाउँपालिका लाई दिइएको छ। गाउँपालिकाको यो कदमले निजी विद्यालयहरूमा शुल्क पारदर्शिता र विद्यार्थीका लागि छात्रवृत्ति पहुँच बढाउने विश्वास लिइएको शिक्षा युवा तथा खेलकुद शाखा बन्दिपुर गाउँपालिकाले जनाएको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS