images
images

दरबन्दी मिलानमार्फत सामुदायिक विद्यालयको नतिजा सुधार्ने लक्ष्य

images

तनहुँ,।
व्यास नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गरी विद्यार्थीको सिकाई उपलब्धि (नतिजा) सुधार्ने उद्देश्यले शिक्षक दरबन्दी मिलानको प्रक्रियालाई तीव्रता दिएको छ । यसका लागि नगरपालिकाले वैज्ञानिक आधारमा शिक्षक व्यवस्थापन गर्न नगरपालिकाले विशेष समिति गठन गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले लामो समयदेखि कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक बढी हुने र कतै शिक्षक अभावले गर्दा पठनपाठन प्रभावित हुने समस्या समाधानको लागि समिति गठन गरिएको हो । नगर शिक्षा प्रमुख केदारराज आचार्यको संयोजकत्वमा गठित ५ सदस्यीय प्रस्ताव समितिलाई आइतबार ७ दिनभित्र शिक्षक कर्मचारी पदस्थापन सम्बन्धी ठोस प्रस्ताव पेश गर्न कार्यादेश दिइएको छ ।

न्यौपानेले दरबन्दी मिलान केवल प्रशासनिक प्रक्रिया मात्र नभई नगरको शैक्षिकस्तर सुधार्ने मुख्य कडी भएको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य सामुदायिक विद्यालयको नतिजा सुधार्नु हो। विद्यार्थी र शिक्षकको अनुपात नमिल्दा कतिपय विद्यालयमा समस्या देखिएकाले वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गरी सिकाई वातावरण प्रभावकारी बनाउन हामी लागेका छौँ ।’’

नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का वडाध्यक्ष सुरेश थापाले प्रतिवेदनका आधारमा आवश्यकता अनुसार शिक्षकहरूको पदस्थापन गरिने जानकारी दिनुभयो । थापाले भन्नुभयो, “दरबन्दी मिलानमार्फत शिक्षकहरूको न्यायोचित व्यवस्थापन हुनेछ, जसले अन्ततः सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउने र नतिजामा सुधार ल्याउने हाम्रो लक्ष्य छ ।

शिक्षक कर्मचारीको दरबन्दी मिलान प्रतिवेदन अनुसार पदस्थापन भएपछि शिक्षकको अभाव भएका विद्यालयहरूले ठुलो राहत पाउने उहाँको भनाइ छ । यो प्रक्रियाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा जनशक्तिको उचित बाँडफाँट भई सिकाई उपलब्धि बढ्ने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS