तनहुँ
नेपाली कम्युनिष्ट पार्टी तनहुँ क्षेत्र नंम्वर २ का उम्मेदवार सोमबहादुर थापा चुनावी मैदानमा उत्रिएका छन्। तनहुँको म्याग्दे गाउँपालिकाका स्थायी बासिन्दा थापा मजदुर नेता तथा स्थानीय युवा नेताका रूपमा परिचित छन्।
तारा चुनाव चिन्ह लिएर थापा अहिले जनताको घरदैलो अभियानमा सक्रिय छन्। आफू स्थानीय युवा नेता भएकाले चुनाव जित्नुपर्ने उनको दाबी छ। उनले जेन्जी पुस्ताले उठाएका मुद्दा, सुशासन र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
थापाका अनुसार विकासका काम जनताको सार्वजनिक सुनुवाइमार्फत बजेट निर्माण गरेर अगाडि बढाइनेछ। खानेपानी, सडक र शिक्षाको विकास उनका मुख्य एजेन्डा रहेका छन्। साथै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर स्वदेशमै सिर्जना गर्ने वातावरण निर्माणका लागि आवश्यक ऐन नियम बनाउने बताएका छन् ।
चुनावी कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेता तथा तनहुँ जिल्ला इन्चार्ज आशा कोइराला, युवा नेता खुमबहादुर विक, मदन आले लगायतका नेताहरूले सामाजिक न्याय, सुशासन र संघीय गणतन्त्रको रक्षाका लागि तारा चुनाव चिन्हमा मतदान गरी थापालई विजयी बनाउन मतदातालाई आग्रह गरेका छन्।















