images
images

कौराले गुन्जियो बन्दीपुर :एक हजारभन्दा बढीले गरे प्रस्तुत

  • images
  • १६ पुष २०८२, बुधबार ०८:०९
images

दमौली,तनहुँ।
तमु ल्होसार तथा बन्दीपुर भ्रमण वर्ष २०२५ को समापनको अवसरमा मंगलबार बन्दीपुरमा ऐतिहासिक विशाल कौरा नृत्य प्रदर्शन गरिएको छ।
बन्दीपुरको टुँडिखेलस्थित खुला मैदानमा आपयोजित कार्यक्रममा एकैसाथ एक हजारभन्दा बढी कलाकारले कौरा नृत्य प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

विभिन्न समुदायलको प्रतिनिधित्व गर्दै आ–आफ्नो मौलिक जातीय पोशाक र भेषभूषामा सजिएका कलाकारहरूले एउटै मञ्चबाट प्रस्तुत गरेको कौरा नृत्य हालसम्मकै सबैभन्दा विशाल भएको पर्यटनविद् एवं कार्यक्रम संयोजक हरिसिंह गुरुङले बताए। उनका अनुसार यो प्रदर्शनले तनहुँको सांस्कृतिक इतिहासमै नयाँ कीर्तिमान स्थापित गरेको छ।

‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य तनहुँको सांस्कृतिक पहिचानको प्रतीक कौरा नृत्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्नु रहेको थियो।

कार्यक्रममा गुरुङ समुदायसँगै मगर, कुमाल, दरै, बाहुन–क्षेत्री, नेवारलगायत विभिन्न जातजातिका कलाकारहरूले आफ्नै मौलिक पहिरनमा एउटै मञ्चबाट कौरा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा तनहुँका विभिन्न आठ वटा विद्यालयका विद्यार्थी सहभागी थिए। साथै भिक्टोरिया डान्स स्कुल, बन्दीपुर तमु समाजलगायतका संस्थाबाट पनि सहभागिता रहेको थियो।विविधताभित्रको एकता झल्काउने यस सांस्कृतिक प्रस्तुतिले बन्दीपुरको पहिचान र गौरवलाई अझ सशक्त बनाएको सहभागीहरूले बताएका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS