images
images

एनआरएनएको उदाहरण दिँदै प्रधानमन्त्रीले भनिन्-‘दलहरूभित्र पनि मेलमिलाप आवश्यक छ’

images

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलभित्र पनि मेलमिलापको आवश्यकता रहेको बताएकी छन् । आइतबार गैर आवासीय सङ्घ (एनआरएनए) को एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सङ्कटका बेला एनआरएनएले गरेको सहयोगप्रति धन्यवाद दिँदै यस्तो बताएकी हुन् ।

‘यहाँहरूको बलियो उपस्थिति भयो । एक हुनुभयो’, उनले भनिन्, ‘तपाईँहरू आफ्नै परिवारको सदस्य हो ।’

एनआरएनएहरू विदेशमा बसेपनि यहाँको राजनीति र राजनीतिक पार्टीबारे जानकार रहेको भन्दै प्रधानमन्त्री कार्कीले पदकै लागि पार्टीहरूमा छिनाझपटी आपसमा चलिरहेको बताएकी हुन् ।

‘कमसेकम तपाईँहरू मिलेजस्तो दलमा पनि मेलमिलाप चाहिएको छ’, उनले भनिन्, ‘दल दलबिचमा पनि मेलमिलाप र दलभित्र पनि मेलमिलापको आवश्यकता छ ।’

उनले नेता नेता फुटेको र चिरा परेजस्तो देखिएको भन्दै दलहरूबिच पानी बराबरको जस्तो अवस्थाले मुलुक नचल्ने बताइन् । उनले एनआरएको एकताबाट दलहरूले पनि सिक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले एनआरएनएबारे नागरिकताको चासो रहेकोबारे सकेसम्म आफूले प्रयास गर्ने आश्वासन दिइन् । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS