images
images

युवराज सङ्ग्रौलाले हिरासतमै भेटे दुर्गा प्रसाईँलाई

images

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता तथा काठमाडौँ स्कुल अफ ल (केएसएल)का संस्थापक एवं प्रबन्ध निर्देशक युवाराज सङ्ग्रौलाले दुर्गा प्रसाईँलाई भेटेका छन् । शनिवार भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा पुगेर सङ्ग्रौलाले उनीसँग भेट गरेका हुन् ।

राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँसँग सङ्ग्रौलाले नातेदारको हिसाबले भेटघाट गरेको प्रहरी अधिकृतहरू बताउँछन् । शनिवार साँझ प्रसाईँको समूह र सरकारको बिचमा १० बुँदे सहमति भएसँगै सो समूहले आफ्नो आन्दोलन र बन्दको कार्यक्रम फिर्ता लिएको थियो ।

प्रहरीले आज प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराउँदै छ । बन्दी प्रत्यक्षीकरण रिटमा अदालतको आदेश अनुसार प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराउन लागिएको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।

प्रहरीले प्रसाईंबिरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा दोस्रोपटक ५ दिनको म्याद लिएर थुनामा राखेको छ । उनी मङ्सिर २ मा बिहान पक्राउ परेका हुन् । –रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS