images
images

दमौलीको निर्मल माविमा अक्षयकोष स्थापना : ०५८ का एसएलसी व्याजका विद्यार्थीले सम्झिए विद्यालय

images

दमौली, २७ कार्तिक । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा बिहीबार रु।एक लाख ४१ हजार ६ सयको अक्षयकोष स्थापना गरिएको छ ।

सोही विद्यालयमा अध्ययनरत ०५८ सालको एसएलसी व्यासका विद्यार्थीहरुले रकम संकलन गरेर अक्षयकोष स्थापना गरेका हुन् । पूर्व विद्यार्थी मञ्चका अध्यक्ष नारायणप्रसाद कोइराला र सोही विद्यालयमा अध्ययनरत ०५८ सालको एसएलसी व्याजका संयोजक हरिप्रसाद कोइराला,इन्जिनियर बिष्णुप्रसाद पाण्डे लगायतकाले प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलाई नगद नै हस्तान्तरण गरेका हुन् ।

उक्त व्याजमा अध्यनरत २८ जना विद्यार्थीले स्वतस्र्फूत रकम संकलन गर्दा संकलन भएको रकम विद्यालयमा अक्षयकोष स्थापना गरिएको ०५८ सालको एसएलसी व्याजका संयोजक हरिप्रसाद कोइरालाले जानकारी दिए ।

उनले भने “अहिले यो रकमले अक्षयकोष स्थापना गरेका छौ,आउँदा दिनमा पनि रकम थप गर्दै जाने योजना बनाइएको छ ।” अक्षयकोषबाट प्राप्त हुने व्याजबाट गरीव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्तिमा खर्च गरिने विद्यालयका प्रअ बस्नेतले बताए । साथै उहाँले सहयोगी मनप्रति धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो । उक्त विद्यालयमा हाल ८०० विद्यार्थी अध्यनरत छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS