images
images

एकैदिन थपिए साढे २३ हजार मतदाता, चाप बढेपछि अब २ सिफ्टमा काम

images

काठमाडौँ । निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जनाएको छ। यो तथ्याङ्क गत असोज १० गतेदेखि मंगलबारसम्मको हो ।

मंगलबार एकै दिन २३ हजार ६ सय ३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्यले मंगलबार नाम दर्ता गराएका हुन् ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६–६ घण्टाका दरले दुई सिफ्टमा  (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

यस व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ।

अन्य जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगको भनाई छ। रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS