images
images

प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै राष्ट्रिय सभाध्यक्ष दाहाल

images

काठमाडौँ, २६ असोजः राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आज (आइतबार)  प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन्।

संघीय संसद् सचिवालय स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्रीकै कार्यालय, सिंहदरबार जाँदै छन्।

अध्यक्ष दाहालले स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को असोज ३१ गते (अक्टोबर १७ तारिख) को कार्यक्रममा सहभागी हुन चाहेका छन्।

त्यसअघि उनले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्न लागेका हुन्।

सरकारले मुलुकमा संकट परेका बेला मितव्ययिता कायम गर्ने भन्दै कम महत्त्वका विदेश भ्रमण स्वीकृत नगर्ने भनेको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS