images
images

जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन

images

दमौली,तनहुँ । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा बिहीबार साँझ दमौलीमा दीप प्रज्वलन गरिएको छ ।

दमौलीको अनशन चौतारीमा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको आयोजनामा मृतकहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका जिल्ला सभापति विश्व बास्तोला,नगर सभापति चुडामडि दाहाल लगायतले साँझ दीप प्रज्वलन गरेका हुन् ।
उक्त प्रदर्शनमा ज्यान गुमाएकाहरूलाई सरकारले यसअघि नै शहीद घोषणा गरिसकेको छ ।

जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो भने जम्मा ७६ जनाले ज्यान गुमाएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS