images
images

Untitled

images

दमौली,तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–७ सेराफाँटस्थित पृथ्वीराजमार्गमा बिहिवार साँझ सवारी दुर्घटना भएको छ।

पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग १० प ८४६५ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–२७ का २४ वर्षीय गणेश पौडेल र काठमाडौँ चन्द्रागिरीका २२ वर्षीय अनिष खत्री रहेका छन्। पौडेलको बायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ। खत्रीका दुबै खुट्टामा भित्री चोट लागेको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको बताइएको छ।

घाइतेहरुलाई उपचारका लागि जि।पी। कोईराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र, बेलचौतारा लगिएको छ। मोटरसाइकल इल्लाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS