images
images

झगडा रोक्न पुगेका प्रहरीमाथि आक्रमण, ३ जना पक्राउ

images

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेस्थित नगरपालिकाको कार्यालय नजिकै गएराति झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरे । झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगे ।

घटनास्थलमा पुगेका सोही प्रहरीलाई झगडा गर्ने एउटा समूहले आक्रमण गरेका छन् ।

झगडियाहरूले प्रहरीमाथि हातपात हुँदा प्रनानि बनमाला र जवान ऐर सामान्य घाइते भएका छन् । आक्रमणका बिच प्रहरीले एकजना झगडियालाई घटनास्थलमै पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ नगरपालिका घर भएर सूर्यबिनायक बस्ने ३२ वर्षीय अर्जुन तामाङ छन् ।

जिल्ला प्रहरी परिसरले भक्तपुरले थप फौज परिचालन गरेर अरू दुई जनालाई पनि पक्राउ गरेको छ । आरोपीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी कर्मचारीहरू सूर्यबिनायक नगर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

जेनजी प्रदर्शनपछि अपराधमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमण हुन थालेको प्रहरीका अधिकृतहरू बताउँछन् । भक्तपुरका स्थानीयहरूले पनि सामाजिक सञ्जालमा घटनाबारे लेख्दै समाजमा सुरक्षा दिनुपर्ने प्रहरी आफैँ ‘असुरक्षित’ हुन थालेको टिप्पणी गरेका छन् । रातोपाटी

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS