images
images

नेपाली कांग्रेस तनहुँद्वारा आन्दोलनका क्रममा निधन भएकालाई श्रद्धाञ्जली

images

तनहुँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले हालै भएको न्भल–श् पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएका पार्टीका नेता तथा कार्यकर्ताप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । भाद्र २३ र २४ गते भएको प्रदर्शनमा परी निधन भएकाहरूको १३ औं दिनको अवसरमा कांग्रेसले जारी गरेको विज्ञप्तिमा दिवंगत आत्माहरूको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।

कांग्रेसले आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउने क्रममा विभिन्न ठाउँमा भएको अकल्पनीय घटनाबाट उत्पन्न त्रासदीले सम्पूर्ण देशवासीलाई स्तब्ध बनाएको जनाएको छ । तनहुँ जिल्ला कार्यसमितिले जारी वक्तव्यमा आन्दोलनलाई दमन गर्ने राज्य संयन्त्रका गतिविधि र त्यसबाट जनताले भोग्नु परेको पीडाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वक्तव्यमा भनिएको छ– “नेपाली कांग्रेस तनहुँका कार्यकर्ता एवं आम नागरिकमाथि भएको निर्मम दमन, घरमा आक्रमण, तोडफोड, प्रहरीको गोली प्रहारजस्ता आपराधिक गतिविधि लोकतान्त्रिक अभ्यास विपरीतका कार्य हुन् । यस्ता कार्यहरूले कांग्रेस पार्टी मात्र नभई लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पुगेको छ ।”

जिल्ला कार्यसमितिले पार्टीका सदस्यहरूलाई संयमित भई शान्तिपूर्ण ढंगले आन्दोलनलाई निरन्तरता दिन आह्वान गरेको छ । साथै, घटनामा संलग्न प्रहरी प्रशासन र राज्य संयन्त्रको गलत क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जिम्मेवार पक्षलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
प्रेस वक्तव्यमा भाद्र २३ गतेको घटनाप्रति स्मरण गर्दै आज १३ औं दिन जीवन गुमाएका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका जिल्ला कार्यसमिति, भातृ संगठन, शुभेच्छुक संस्था तथा स्थानीय नेताहरूले आयोजित कार्यक्रममार्फत दिवंगत आत्माको शान्ति र न्यायको लागि प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाली कांग्रेस तनहुँले आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र शान्तिपूर्ण आन्दोलनको पक्षमा निरन्तर संघर्षरत रहने घोषणा गरेको छ ।

जिल्ला कार्यसमिति सचिव लक्ष्मी भक्त खनालद्वारा हस्ताक्षरित वक्तव्यमा लोकतन्त्रप्रेमी सबैलाई सहकार्य र ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ । वक्तव्यमा भनिएको छ “लोकतान्त्रिक मूल्य र जनअधिकार सुरक्षित गर्न हामी अन्तिमसम्म लड्नेछौँ । हाम्रो संघर्ष शान्तिपूर्ण तर दृढ रहनेछ ।”
यसरी, नेपाली कांग्रेस तनहुँले आन्दोलनमा ज्यान गुमाउने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई अझ जिम्मेवार र सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS