images
images

दमौलीमा जेनजी सहिदप्रति श्रद्धाञ्जली

  • images
  • २९ भाद्र २०८२, आईतवार ०५:२५
images

सहिदप्रति मैनबक्ति बालेर श्रद्धाञ्जली व्यक्त गरिंँदै

तस्बिर : कृष्ण न्यौपाने

दमौली,तनहुँ जेनजी आन्दोलनका सहिदप्रति दमौलीका युवाहरूले   श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् । जेनजी युवाहरुले तनहुँको सदरमुकाम दमौलीको प्रशासन चोकमा शनिबार साँझ सहिदप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

कार्यक्रममा सहभागीहरूले मैनबत्ती बालेर बलिदानीका स्मरण गर्दै शान्ति र सद्भावको सन्देश फैलाए । सामाजिक अभियन्ता महम्मद गफ्फार(सुदिप)ले कार्यक्रममा भने, “जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको बलिदानीले हामीलाई सामाजिक चेतना र जिम्मेवारी सिकाउँछ ।’’  हामीले केवल सम्झनामा सीमित नरहनुहोस्, तर यसबाट सिकेर भविष्यमा यस्ता घटनालाई दोहोरिन नदिने उपायहरू पनि अघि बढाउनुपर्ने गफ्फारको भनाइ थियो ।

कार्यक्रममा सहभागी युवाहरूले सहिदहरूको योगदान सम्झँदै, भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिन चेतना जगाउनुपर्नेमा जोड दिएका थिए । जेन्जी युवाहरुले भविष्यमा यस्ता स्मरण कार्यक्रम नियमित रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिएका छन् ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS