दमौली,तनहुँ
जिल्ला प्रहरी कार्यलय तनहुँले कारागारबाट फरार रहेका कैदीबन्दीहरुलाई तत्काल नजिकको प्रहरी कार्यालय वा कारागारमा सम्पर्क गर्न अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाई विभिन्न स्थानका हिरासत तथा कारागारबाट फरार रहेका कैदीबन्दीहरुले स्वेच्छिक रुपमा आत्मसमर्पण गर्नुपर्ने जनाएको हो। अन्यथा आवश्यक्ताअनुसार बल प्रयोग गरी नियन्त्रणमा लिइने चेतावनीसमेत दिइएको छ।
विज्ञप्तिमा कारागारबाट फरार रहेका कैदीबन्दीहरुको अवस्थाबारे कुनै जानकारी भएमा नजिकैको प्रहरीलाई खबर गर्न आम नागरिकसमेतलाई आग्रह गरिएको छ।

















