काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रुपन्देही–३ मा कार्तिक १७ मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवार चयन हुने भएको छ ।
प्रतिस्पर्धामा रहेका ९ जनाबाट प्राथमिक निर्वाचनको मतपरिणाम अनुसार एक जनालाई आधिकारिक उम्मेदवार घोषणा गर्ने पार्टीको तयारी छ ।
यसैबिच प्रतिस्पर्धामा रहेका ९ जना उम्मेदवारले आज नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । आज बिहान ११ बजे उनीहरु नख्खु कारागार जाने भएका हुन् ।
पार्टीको सचिवालय बैठक पनि आजै दिउसो १स्३० बस्ने भएको छ । त्यसपछि रुपन्देहीका लागि पार्टीको उम्मेदवारको नाम सार्वजनिक गरिने छ । रातोपाटी
















