images
images

व्यास ८ मा  खुला तीजगीत प्रतियोगिता

images

तनहुँ
हरितालिका तीजको पूर्वसन्ध्यामा व्यास नगरपालिका–८ को आयोजनामा टोलस्तरीय खुला तीजगीत प्रतियोगिता वडा कार्यालय परिसरमा शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी १३ टिमलाई पछि पार्दै फेदीपाखा महिला समूहले प्रथम स्थान हासिल गर्दै नगद १५ हजार प्राप्त गरेको छ। सोही क्रममा जौबारी आमा समूह ‘ग’ द्वितीय भई १० हजार, जौबारी आमा समूह ‘क’ तृतीय भई ७ हजार ५ सय प्राप्त गरेका छन्। त्यस्तै रिस्ती स्वास्थ्य समूह र सोतीवेशी छोरी समूहलाई सान्त्वना पुरस्कार स्वरूप ३र३ हजार प्रदान गरिएको थियो। पुरस्कृत समुहलाई नगद सहित प्रमाणपत्रले व्यास ८ का वडाध्यक्ष युवराज गुरूङ सहितका जनप्रतिनिधिले पुरस्कृत गरे ।
यसैगरी, नाबरुङ आमा समूहलाई उत्कृष्ट नृत्य समूहको रूपमा सम्मान गरिएको थियो।

व्यास नगरपालिका–८ की वडा सदस्य विष्णुमाया रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि व्यास ८ वडा अध्यक्ष युवराज गुरुङले यस्ता कार्यक्रमले महिला दिदीबहिनीको प्रतिभा प्रष्फुटन गर्न सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियार, व्यास–८ का निवर्तमान वडा अध्यक्ष ओजराज पौडेल, वडा सदस्य रामप्रसाद मिश्र, वडा सचिव गोविन्द मिश्र लगायतले तीज संस्कृतिको जगेर्नामा यस्ता कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण व्यास–८ की कर्मचारी प्रशासन सहायक सम्झना अधिकारीले गरेकी थिइन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS