images
images
images

थर्पुमा भएको महायज्ञकाे दाेस्राे दिनमा ५ लाख ९० हजार दान संकलन

images

म्याग्दे
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा साउन २७ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञकाे दाेस्राे दिन २८ गते ५ लाख ९० हजार ३ सय ६७ रूपयाँ दान सहयोग संकलन भएको छ ।

महायज्ञमा सिद्धेश्वर शिव पार्वती मन्दिर संरक्षण समिति थर्पु बाट १ लाख ११ हजार १ सय ११ , थर्पु सिवालय सत्संगबाट ५१ हजार , तिलबहादुर श्रेष्ठ म्याग्दे ४ बाट १० हजार , स्व. पदमबहादुर थापाको सम्झनामा छाेरा राेचक थापा म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ , लिलाकुमारी थापा म्याग्दे ४ बाट ५ हजार ५५ , इन्द्रा महत थापा म्याग्दे ४ बाट ५ हजार १ सय ५ , मानबहादुर थापा म्याग्दे ४ बाट ५ हजार ५ सय ५० , स्वर्गीय बुवा ज्ञानबहादुर मल्लकाे स्मृतिमा श्रीमती धनकुमारी मल्ल , छाेरा क्याप्टेन तारालाल मल्ल तथा बुहारी सुनुमाया मल्ल दमाैलीबाट ७ हजार ७ सय ७७ दान सहयोग प्राप्त भएको छ ।


यस्तै महायज्ञमा कैलाश नारायण मल्ल ५ हजार ५ सय , चाेकबहादुर कुमाल ५ हजार ५ सय ५५ , व्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय ७ हजार ५ सय ५० , कालिका माेइ समूह ५ हजार ५ , नेत्रमान श्रेष्ठ १० हजार , रामप्रसाद मल्ल ५ हजार ५ सय ५ , दिलबहादुर थापा ५ हजार ७ सय ५ , दलमदन राना ५ हजार ५ , रेनुका थापा ५ हजार ५ सय ५५ , हिमकुमारी मल्ल ५ हजार ५ सय ५५ , गणेश मावि शिक्षक परिवार ५ हजार ५ सय ५५ , खड्कबहादुर कुमाल १० हजार ५ सय १५ , प्रगति टाेल आमा समूह १० हजार ५ सय ५ , थर्पु मगर समाज ५ हजार ५ सय ५५ , भिमबहादुर सेन ५ हजार ५ सय ५५ , बसन्त बहादुर थापा १० हजार १ सय १५ , कुमाल उजेली आमा समूह ५ हजार ५ , रूपनारायण कायस्थ ५ हजार ५ सय ५५ , पुर्णमान श्रेष्ठ ७ हजार ५ सय , बिजुली आमा समूह ११ हजार ५५ , केशवराज शाही ५ हजार ५ सय २५ , तिर्थनारायण मल्ल २५ हजार ५ सय ५५ , लक्ष्मण मल्ल १० हजार ५ सय , काेट कालिका आमा समूह ५ हजार १० , हेतमान कायस्थ ११ हजार १ सय ११ , भक्तबहादुर श्रेष्ठ १० हजार २० , चण्डीदेवी आमा समुह १० हजार ५ , जयकुमार श्रेष्ठ १० हजार १ सय १० , प्रगतिशील आमा समुह ५ हजार ५ सय , लालिगुराँस आमा समूह ५ हजार ५५ , लक्ष्मण शाही ३० हजार ५ सय ५१ , चन्द्रकुमार मल्ल ५ हजार ५ सय ५५ , अमरदिप आमा समूह ९ हजार २ सय १५ , पार्वती प्रावि ५ हजार ९ सय ५ र कालिखाेला आमा समूह ५ हजार ५ सय ५ रहेकाे कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।

थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको संयाेजक शाहीले बताए ।

श्रावण २७ देखी भाद्र ३ गतेसम्म हुने महायज्ञमा शिरोमणी पं. पौडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्‌भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ भइरहेको मन्दिर संरक्षण समितिका सचिव केशबहादुर कुमालले बताए ।

शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा भएको महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको छ ।

महायज्ञमा हरेक दिनमा बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी , वेदपाठ , रूद्राभिषेक ( रूद्री पाठ ) सहस्र् जलधार , वेलपत्र अर्पण , ग्रहशान्ति पुजा , चाैरासी पुजा , अन्नदान , भुमिदान , ब्राह्मण भाेजन सहित पितृकाे फाेटाे राखी पितृ तर्पण तुलादान , विवाह , व्रतवन्ध , गुन्युचाेली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धि सम्पुर्ण कार्य सञ्चालन गरिने कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए

यस्तै देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तथा साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै भाद्र २ गते आइतबार भागवत पुस्तकमा तिलार्पण , लक्ष्यवर्ती प्रज्वलन , रात्री जाग्राम कार्यक्रम र ३ गते साेमबार यज्ञ समापन एवम् पुर्णाहुती कार्यक्रम रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

महायज्ञमा रू १ देखि ४ सय ९९ सम्म दान दिने भक्तजनकाे रकम दानपत्रमा राख्ने , ५ सय देखि नगदी रसिद प्रसाद सहित नाम वाचन गरिने , १ हजार देखि सहयोग प्रदान गर्ने भक्तजनलाइ फुल टीका प्रसाद प्रदान , २ हजार देखि यज्ञ मण्डपमा बाेलाइ टीका प्रसाद प्रदान , ५ हजार देखि सम्मान पत्रकाे साथमा अभिलेख सहित शिलालेखमा नाम राखिने कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।
यस्तै १० हजार देखि आजीवन सदस्य सहित २ जनाको नाम शिलालेखमा राखिने , २५ हजार देखि श्रेयस्कर सदस्य परिवार सहितको तस्बिर धर्मशाला सतलमा रहने , ३५ हजार देखि माथि विशिष्ट आजीवन सदस्य सहित ताम्रपत्रमा नाम राखिने , ५० हजार देखि बाजागाजा सहित अविरयात्रा गराइ दानवीर घाेषणा एवम् सम्पुर्ण परिवारलाई अभिनन्दन गरिने र रू एक लाख देखि मानार्थ सम्मान प्रदान गरिने छ । साे भन्दा माथि दान दिनेलाई समितिले निर्णय गरी उचित सम्मान प्रदान गरिने भएको छ ।

यस्तै महायज्ञ अवधिभर सामुहिक व्रतवन्ध , तुलादान , चाैरासी पुजा , गुन्युचाेली सहित अन्य शुभकार्य गर्न सकिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष काशीमाया थापाले जानकारी दिइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS