काठमाडौँ । नेपाली कांग्रेसका सांसद डिकबहादुर लिम्बुले विद्यालय शिक्षासम्बन्धी विधेयक यति मेहनत गरेर पनि नआएमा माछो माछो भ्यागुतोमात्रै हुने बताएका छन् । उनले जसरी भए पनि सांसदहरूले गरेको मेहनतलाई कानुनमा बदल्नुपर्ने बताए ।
सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसद लिम्बुले उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए ।
विवादित विषयमा सहमति जुटाएर अगाडि बढ्न उनले सबैमा आग्रह गरे । एकैपल्ट सबै उपलब्धि हात नपर्ने भन्दै उनले बिस्तारै बिस्तारै गर्दै जानुपर्ने उनको भनाइ थियो ।रातोपाटी
















