images
images

डेंगीको जोखिम न्यूनीकरणमा आँबुखैरेनी गाउँपालिकाको पहल थाल्ने

images

दमौली, ०६ जेठ ।
गत वर्ष डेंगी रोगको व्यापक प्रकोप झेलेको आँबुखैरेनी गाउँपालिकाले यस वर्ष समयमै सतर्कता अपनाउँदै डेंगीको सम्भावित जोखिम न्यूनीकरणमा विशेष चासो दिएको छ । यसै सन्दर्भमा, गाउँपालिकाले डेंगी रोग नियन्त्रणका कार्यलाई व्यवस्थित गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
गाउँपालिकाका अनुसार, वस्ती क्षेत्रमा सडक छेउ, खाली ठाउँ तथा पानी जम्ने अवस्था सिर्जना भई लामखुट्टेको प्रजनन बढ्ने र डेंगी फैलिने सम्भावना रहने भएकाले यस कार्यलाई नियन्त्रण गर्न आवश्यक देखिएको छ । यसलाई मध्यनजर गर्दै सुरक्षित व्यवस्थापनका लागि स्थानीय स्तरमा सरोकारवालासँग छलफल गर्न कार्यक्रम तय गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माका अनुसार वडा नं. १ देखि ६ सम्मका टोल विकास तथा टोल सुधार समितिहरूलाई लक्षित गर्दै यही २०७८ साल जेठ ७ गते, बुधवार बिहान ११ः०० बजे गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा समितिका प्रतिनिधिहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न आग्रह गरिएको छ ।
सूचनामा भनिएको छ, “डुंगी रोग नियन्त्रण अभियानले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय तहको समन्वयमा दीर्घकालीन समाधान खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।’
गत वर्ष गाउँपालिकाभित्र डेंगीका कैयौँ बिरामी फेला परेका थिए। स्वास्थ्य संस्थाहरूमा भीड बढेको थियो । यस्तो समस्याबाट मुक्त हुन यसपालि गाउँपालिकाले समयमै जनचेतना र व्यवस्थापनतर्फ अग्रसरता देखाएको छ। गाउँपालिकाले स्थानीय टोल समितिहरूसँगको सहकार्यमा नालीनाली सरसफाइ, सडकछेउका अस्थायी संरचना व्यवस्थापन, डुंगा व्यवस्थापन तथा नियमित अनुगमनजस्ता विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
स्थानीयवासीहरूका अनुसार, डेंगी रोग नियन्त्रणका लाथि समस्या समाधानका लागि स्थानीय तह र सरोकारवालाबीच संवाद हुनु आवश्यक भएको गाउँपालिका अध्यक्ष शुक्र चुमाले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS