
तनहुँ
ह्दय आरोग्य नेपालको आयोजना र प्रदेश अस्पताल दमौलीको सहकार्यमा ऋषिङ गाउँपालिका वडा नं. ३ दुवुङ्गमा निः शुल्क स्वास्थ्य शिविरि सम्पन्न भएको छ ।
शिविरमा २ सय १७ नाले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा आएकाहरु मध्ये ४ जनाको मुटुरोग पहिचान भई दमौली अस्पताल तथा पोखरा अस्पताल रिफर गरिएको थियो । परिक्षणका क्रममा १२जना मधुमेह रोग पहिचान भएको थियो । शिविरमा मुटुरोगको पहिचान,रक्तचाप जाँच,मधुमेहरेगको परीक्षण,मुटुको जाँच,चिकित्सकको परार्मश सेवा सहित निः शुल्क औषधि वितरण गरिएको डा अभिक्ष्या बस्नेतले बताइन् ।
शिविरमा मुटुरोगको जोखिम कम गर्नका लागि जीवन शैलीमा परिर्वतन तथा रोगको प्रारम्भिक परामर्श समेत प्रदान गरिएको थियो । प्रदेश अस्पताल दमौलीका प्रमुख डा. परिर्वतन बरालले तनहुँका ग्रमाणि क्षेत्रमा नसर्ने रोगको जोखिम न्यूनिकरणका लागि प्रयासरत रहेको बताए ।
ह्दय आरोग्य नेपालका अध्यक्ष डा. सन्दिप पाण्डेले यस संस्थाले ह्दय स्वास्थ्यको प्रर्वद्वमा समर्पित रहेको बताए । उनले अगामी दिनमा पनि यस्ता खालका शिविरहरु आयोजना बताए ।