images
images

व्यासमा गर्भवती महिलालाई प्रोत्साहन रकम वितरण

images

तनहुँ l व्यास नगरपालिका कार्यालयले तीन सय छयानब्बे जना गर्भवती महिलालाई प्रोत्साहन रकम वितरण गरेको छ । गत आर्थिक बर्षमा दुई सय तीस र चालु आर्थिक बर्षमा एक सय छैसठ्ठी जनालाई प्रोत्साहन रकम वितरण गरेको हो । गर्भवती महिला पोषण सहयोग कार्यक्रम अन्र्तगत जनही रु।पाँच हजारका दरले सहयोग गर्ने गरिएको महिला बालबालिका अपाङगता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ ।

नगरपालिकाले उक्त कार्यक्रम सुरु गरेपछि व्यास नगरपालिकाभित्र बालमृत्यु दर न्यून रहेको शाखाकी अधिकृत राधा आचार्यले जानकारी दिइन् । गर्भवती भएपछि नगरपालिकाबाट प्रदान गरिने सुविधा प्राप्त गर्नका लागि आठ पटक ९३२ हप्ता० सरकारी स्वास्थ्य संस्थामा गएर जाँच गराएपछि मात्रै उक्त सुविधा पाउन सकिन्छ ।

उहाँका अनुसार गतबर्ष र चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म रु।१९ लाख ८० हजार प्रोत्साहन रकम वितरण गरिसकिएको छ ।
उक्त सुविधा लिन व्यास नगरपालिकामा स्थायी बसोबास र विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्छ, उनले भनिन् “समय समयमा गरिने गर्भ जाँचले बालमृत्यु दर घट्नुका साथै कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।” कुनै कुनै महिलाले सात महिनामै बच्चा जन्माएमा सरकारी स्वास्थ्य संस्थाबाट प्रमाणित गरी ल्याएपछि प्रोत्साहन रकम पाउन सकिनेछ,उनले भनिन् । “यस्ता घट्ना बिरलै मात्रमा हुने गरेको पाइन्छ ।”

गर्भवती महिला पोषण सहयोग कार्यक्रम प्रभावकारी बनेकाले नगरपालिकाले यसबर्ष पनि निरन्तरता दिइएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
समय समयमा गरिने गर्भ जाँच कार्यले आमा र बच्चा दुवैको अकालमा ज्यान जानबाट रोक्न सहयोग पुगेको छ,यस कार्यक्रमलाई निरन्तरता दिइन्छ,न्यौपानेले भने ।

नौ सय २७ जनालाई अपाङ्गता परिचयपत्र
त्यसैगरी महिला बालबालिका अपाङगता तथा ज्येष्ठ नागरिक उपशाखाले नौ सय २७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
गत आर्थिक बर्षमा आठ सय ९१ र चालु आवमा ३६ जना गरी उक्त परिचयपत्र प्रदान गरिएको अधिकृत आचार्यले बताइन् । । जसमा पुरुष पाँच सय ८६ र महिला तीन सय ४१ जना रहेका छन् । उहाँका अनुसार पूर्ण अशक्ता एक सय ४७,अति अशक्ता तीन सय ९४,मध्यम दुई सय ५७ र सामान्य एक सय २९ जना रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS