नेपाली काँग्रेसका महामन्त्री शर्माले नेपाली काँग्रेस सुधारेर अघि बढ्नुपर्ने बेला आएको बताए ।
काँग्रेस तनहुँको दोस्रो क्षत्रीय सम्मेलनमा सहभागि हुन शनिबार दुलेगौाडा आएका महामन्त्री शर्माले आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । सम्मेलनका क्रममा शर्माले काँग्रेसको महाधिवेशनमा तोकिएकै समय भित्र हुनुपर्ने समेत माग गरेका छन् । महाधिवेशनले आगामी निर्वाचनलाई प्रभाव पार्ने हल्ला मात्र भएको बताउदै लोकतान्त्रिक विधी पद्धतीलाई अंगिकार गर्ने पार्टीमा नियमसंवत चल्नुपर्ने बताए । उनले पछिल्लो समय राजातन्त्र आउने हल्ला समेत चल्न थालेको भन्दै गणतन्त्रको पक्षमा देखिएको स्ववियु चुनावको मतलाई समेत हेक्का राख्नुपर्ने बताए । ‘फागुन २५ मा राजाको पक्षमा देखिएको भिड भन्दा चैत्र ५ मा गणतन्त्रको पक्षमा देखिएको मत निर्णायक हो । ’ उनले भने, राजावादी र गणतन्त्रबादीको तुलना सडकको भिडले मात्र नभई निर्वाचनमा प्राप्त मतले समेत गर्छ ।”
महामन्त्री शर्माले काँग्रेस एमालेको गठबन्धनबाट बनेको वर्तमान सरकार तत्काल नढल्ने दावि गरेका छन् । ले काँग्रेसको दह्रो साथ र समर्थन रहेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने जिकिर ग रे । शर्माले संविधान संशोधन लगायतका काम गर्ने गरि महत्वपूर्ण सात बुदे सहमति भएका जानकारी दिदै केन्द्रलाई हेरेर मात्र नभई सात वटै प्रदेश सरकारलाई ध्यान दिएर सरकार सहमति अनुसार चल्ने बताए। उनले सरकारलाई दिएको समर्थन प्रति काँग्रेस अडिग रहेको समेत स्पष्ट पारे ।
















