images
images

माछापुच्छ्रे गाउँपालिका–९,सिधिङमा गायिका समीक्षा अधिकारीलाई सम्मान

images

हेमजा । सिधिङ युनाईटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका समीक्षा अधिकारीलाई शनिवार कार्यक्रमका बिच सम्मान गरिएको छ ।

नेपाली गीत सङ्गीतको माध्यम बाट राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो अलग पहिचान बनाउन सफल माछापुच्छ्रे गाउँपालिकाकी चेली,माछापुच्छ्रे गाउँपालिकाको गौरव, युवा तथा संगीतप्रेमी हरुको ढुकढुकी बहुचर्चित गायिका अधिकारी सिधिङ कप विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि आएकी थिइन ।

अधिकारीलाई सानै उमेर,छोटो समयमा कलाकारिता क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल एक अब्बल,निडर र साहसी कलाकारका रूपमा मुल्यङकल गर्दै सम्मान गरिएको माछापुच्छ्रे गाउँपालिका वडा नं –९ ,का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले बताए । क्षेत्री भन्छन,“ उनी जहाँ जहाँ पुगछिन त्यो ठाउँमा समग्र माछापुच्छ्रे गाउँपालिकाको प्रतिनिधित्व भएको हामीले महसुस गरेका छौ ” । माछापुच्छ्रे गाउँपालिकाको मात्रै नभएर अहिले समीक्षाको प्रस्तुतिले सिगो देशकै कलाकारिता क्षेत्रको स्थान उच्च भएको छ । कलाकार देशका गहना हुन,राष्ट्र लाई देश तथा विदेशमा चिनाउन कलाकारले अहम् भूमिका खेलेको हुन्छ राष्ट्रले उनीहरूको महत्त्व बुझ्न सकेको छैन,जसका कारण अधिकांश कलाकार बिदेसिन पुगेको उनले बताए । कलाकारिता क्षेत्रको महत्त्व बुझेर हामीले अधिकारीलाई थप हौसला दिन र समाजमा सन्देश छर्नका लागि सम्मान गरिएको उल्लेख गरे ।

अधिकारीले गायनको सिलसिलामा आफू जहाँ भएपनी,जहाँ गएपनि आफ्नो जन्मभूमिको मायाले आफूलाई सधैँ रहिरहने बताउँदै सम्मान ग्रहण गर्ने अवसरका लागि वडा–९ र आयोजक प्रति हार्दिकता व्यक्त गरिन ।

सिधिङ क्षेत्रमा शनिवार दिनभरको वर्षाको बिच पनि ५ सेट भलिबल खेलका साथै समीक्षाको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिएको क्लबका अध्यक्ष शुक बहादुर तामाङले बताए ।

माघ ३० गते देखि फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाई कर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए ।

भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमको बिच अन्य स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा नृत्य,गायन,हास्यब्यङ्गे लगायतका विशेष प्रस्तुति राखेका थिए ।

सिधिङ खेलमैदानमा जारी खेल ५ गते सम्म चल्नेछ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS