images
images

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देको सभापतिमा अधिकारी 

images

दमौली १७ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँ पालिकाको बिहीबार भएको भेलाबाट सभापतिमा मनोज अधिकारी सर्बसम्मत रुपमा चयन गरेको छ ।

यसअघि पार्टीले अधिकारीलाई संयोजकको जिम्मेवारी दिएको थियो । भेलाबाट उपसभापतिमा उदयराज आचार्य, सचिवमा बिमल रानाभाट,सहसचिवमा मैना थापा,सदस्यहरुमा अमित विश्वकर्मा,तुलबहादुर थापा,रामबहादुर राना,मिना सुनार,बिन्दु कुमार श्रेष्ठ र जयकाली वाग्ले सर्वसम्वत चयन भएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य हरि ढकाल,प्रतिनिधी सभासदस्य शिव नेपाली,केन्द्रीय सहकोषाध्यक्ष रमेश प्रसाई,गण्डकी प्रदेश सभापति राजन गौतम,जिल्ला सभापति बिश्व बास्तोला,व्यास नगरसभापति चूडामणि दाहाल लगायतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS