images
images

स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा समस्या भयोः डा अनिल कार्की

images

काठमाडौँ-  नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा समस्या भएको बताएका छन्। स्वास्थ्यका समस्या हल गर्न सबैभन्दा पहिले राम्रा नीति(नियमलाई पछ्याउनु आवश्यक उनको भनाइ छ।

नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै डा कार्कीले भने, ‘स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा स्वास्थ्यमा अन्य क्षेत्रमा भन्दा धेरै समस्या आएको छ। रोगपछि मात्र उपचारलाई प्राथमिकता दिँदा निरोधात्मक प्रक्रिया छायामा परेको छ।’

स्वास्थ्य स्रोतको चर्चा गरिरहँदा नीतिमा भएका बन्देजका बारेमा समेत जानकारी हुनुपर्ने उनले बताए। ‘स्वास्थ्यका समस्या हल गर्न सबैभन्दा पहिले घरको भान्सा सफा राख्न आवश्यक छ भनेझैँ पहिले राम्रा नीतिका बारेमा जानकारी हुन आवश्यक छ। विद्यमान नीतिको बारेमा थाहा भएपछि मात्रै बाहिरको ल्याउनुपर्ने हुन्छ,’ डा कार्कीले भने।

स्वास्थ्य बीमामा पनि निरोधात्मक प्याकेज समावेश हुन नसक्नु दुःखको कुरा भएको उनको भनाइ थियो। ‘स्वास्थ्यको सरोकार स्वास्थ्य मन्त्रालयको मात्र होइन, यो अर्थ मन्त्रालयको पनि सरोकारको विषय हो। चिकित्सा शिक्षामा शिक्षा मन्त्रालयको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण छ,’ डा कार्कीले भने।

न्यूनतम तलबबिना काम गर्नुपर्ने अवस्थाले चिकित्सकहरु विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले राज्यबाटै चिकित्सकहरुलाई विदेशिन बाध्य बनाइएको आरोप लगाए। उनले भने, ‘हामीले उठाएको आवाज चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्र नभई स्वास्थ्यको पहुँचमा पुग्न नसकेका आम नागरिकको बोली हो।’स्वास्थ्यखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS