images
images
images

नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिल बहादुर गरुङको निधन

images

पोखरा l नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिल बहादुर गरुङको आज बिहान १०३ बर्षको उमेरमा निधन भएको छ ।

पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात हुनुहुन्थ्यो । उहाँ तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गर्नुभयो भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गर्नुभएको थियो ।

२०३२ सालपछि सो गाउँ पर्वत जिल्लामा समाहित भएको थियो भने अहिले कुश्मा नगरपालिका वडा नं १४ मा पर्दछ ।

राजनीति रुपमा चेतना भएमात्र हरेक क्षेत्रको बिकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लाग्नुभएका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रुपमा चिनिनुभएको लिटिल स्टेप मा.विका संस्थापक शेरबहादुर गुरुङ बताउनुहुन्छ ।

उहाँले पञ्चकोशी मा.वि लगायत अन्य प्रा.वि विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुर्याउनुभएको थियो ।

उहाँका ३ छोरा, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाती, र ३ पनातिनी हुनुहुन्छ ।

जेठो छोरा सु.इन्द्र बहादुर गरुङ, माईला छोरा यम बहादुर गुरुङ र कान्छा छोरा शेर बहादुर गुरुङ हुनुहुन्छ ।

कान्छा छोरा शेर बहादुरले एस.के साउण्डको नामबाट पोखरामा सेवा गरिरहनुभएको छ ।

उहाँको अन्त्येष्टि रामघाटको अर्घौ सदनमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS