images
images

‘अभियान नवजीवन’ स्तनपान सचेतना अभियान र स्वास्थ्य जाँच

images

काठमाडौँ । नेपाल–चिकित्सक समाजको उत्तरदायित्व नेपाल, विद्यार्थी अध्याय (PSRN-SC) ले स्तनपान सचेतना अभियान गरेको छ। काठमाडौँ बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ मा आयोजित कार्यक्रममा मातृ र बाल स्वास्थ्य प्रवर्द्धन गर्न शिक्षा र स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।

कार्यक्रमम स्तनपानको महत्त्व र फाइदाहरूका बारेमा जानकारी दिनुका साथै स्तनपानले प्रदान गर्ने अनेकों फाइदाहरू, जस्तै इम्युनिटी बढाउने र भावनात्मक सम्बन्ध सुदृढ पार्ने जस्ता विषयमा समेत जानकारी दिइएको थियो।

त्यस्तै मातृलाई प्रभावकारी स्तनपान प्रविधिहरू हासिल गर्न व्यवहारिक प्रदर्शनी समेत गरिएको थियो। स्तनपानसम्बन्धी सामान्य गलत अफवाहबारे समेत जानकारी दिइएको थियो।

अभिव्यक्त गरिएको स्तनपानको दूधको ह्यान्डलिंगका विषयमा समेत जानकारी दिइएको प्रोजुक्ट हेड प्रिन्स बर्णवालले बताए। कार्यक्रममा रक्तचाप जाच, र्यान्डम रक्त चिनी परीक्षण लगायतका स्वास्थ परीक्षण समेत गरिएको थियो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS