images
images

भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा सेवा सुरु

images

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली सुरु भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि दुई सिफ्टमा सेवा सुरु भएको हो ।

त्यस्तै अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा, अनलाइन अपोइटमेन्ट, शल्यक्रिया कक्ष बढाएर पाँच बनाएको समेत जानकारी दिएको छ ।

अस्पतालमा तीन वटा मात्रै शल्यक्रियाका कक्ष थियो । जसका कारण शल्यक्रियाका लागि १ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकोमा अब सो अवस्थाको अन्त्य हुने समेत अस्पतालले दाबी गरेको छ ।

मन्त्री पौडेलले सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए ।

यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न भनेका थिए ।

यसै गरी चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबिच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने, अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपिडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्नका लागि निर्देशन दिइएको थियो ।

यस्तै, अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने) विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन पनि भनेका थिए ।

मन्त्रीको निर्देशन सबै लागु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालले दैनिक ४ सय ५० देखि ६ सय ५० जना बिरामीलाई ओपिडी सेवा दिँदै आएको छ । दैनिक मेजर ३ माइनर २ सर्जरी गरिँदै आएकोमा अपरेसन थियटर बढाएर ५ बनाइएसँगै दैनिक ५ वटै मेजर सर्जरी गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS