images
images
images

भानुमा खुल्ला तीज गीत प्रतियोगिता हुने

images

भानु, १७ साउन ।
तनहुँको भानु – १ भन्सारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । भानु नगर उद्योग वाणिज्य संघ , महिला उद्यमी विकास समितिको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवशरमा आगामी भाद्र १५ गते शनिबारका दिन भानु –१ भन्सारको ग्रीनपार्कमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता बारे विहिबार पत्रकार सम्मेलनको आयोजना गरी खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता हुन लागेको जानकारी दिईएको छ । भानु महिला उद्यमी विकास समितिकी सभापति पुनम श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा दिईएको जानकारी अनुसार खुल्ला तीज गीत प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार र प्रमाण–पत्र, द्धितिय हुने समूहले २५ हजार र प्रमाण–पत्र, तृतिय हुने समूहले १५ हजार र प्रमाण–पत्र, सान्त्वना हुने दुई समूहले ५ ÷ ५ हजार र प्रमाण–पत्र, त्यसैगरी उत्कृष्ट नृत्यलाई ५ हजार प्रमाण–पत्र र प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई १ ÷ १ हजार प्राप्त गर्ने छन् । गाउँघरमा भएका प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संरक्षक भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा टिम दर्ता भने निःशुल्क रहेको भानु नगर उद्योग वाणिज्य संघका महासचिव कृष्णचन्र्द कोईरालाले जानकारी दिए। कार्यक्रमको अवसरमा प्रमुख अतिथि भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले महिलाहरुले नेतृत्व विकास, मौलिक कला, संस्कार , सँस्कृतिको संरक्षण र आय–आर्जनमा समेत जोडिन आग्रह गर्दै नगरपालिकाले हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
भानु नगरपालिका वडा नं १ की वडा अध्यक्ष कान्छीमाया तामाङले नारीहरुको महान चाड तीजको पूर्वसन्ध्यामा कार्यक्रम हुने भएकाले आफू पनि महिलाको प्रतिनिधित्व गर्दै गरेकाले सक्दो सहयोग गर्ने बताए। समितिले कार्यक्रममा विभिन्न संघसंस्था नगरपालिकाका १३ वटै वडासंग समन्वय र सहकार्य गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा नगर प्रमुख त्रिपाठी, वडा नं १ कि वडाअध्यक्ष तामाङ , भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ , प्रथम उपाध्यक्ष राजन श्रेष्ठ , द्वितीय उपाध्यक्ष लालकुमार श्रेष्ठ , महासचिव कोईराला, सचिव मनिलाल श्रेष्ठ , कोषाध्यक्ष नेत्रलाल श्रेष्ठ , महिला उद्यमी बिकास समितिकी उप–सभापति ममिता मिया, कोषाध्यक्ष रोश्मिता श्रेष्ठ , भानु अन्तरगत रहेका विभिन्न बजार इकाई सभापति लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण महिला उद्यमीकी सचिव लक्ष्मी चिलुवालले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS