images
images

मिर्गौला रोगका कारण शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

images

काठमाडौं- नेपालको शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ। मिर्गौला रोगबाट पीडित उनको सिरहास्थित आफ्नो घरमा निधन भएको उनको परिवारले जनाएको छ।

गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो। उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन्। शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समयदेखि थला परेका थिए।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो। उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए। शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात थिए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS